साउन ०९, बारा । बारा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ पीडितको पीडा नजिकबाट सुन्ने र न्याय सुनिश्चित गर्न सक्रिय रूपमा लागिपरेका छन् । हालै जिल्लामा देखिएका विभिन्न सामाजिक तथा आपराधिक घटनामा पीडित आफैंलाई बोल्न र आफ्नो समस्या खुलाउन सहज वातावरण बनाउन उनले प्रत्यक्ष संवादको अभ्यास सुरु गरेका हुन् ।
प्रहरी उपरिक्षक तामाङले प्रहरी कार्यालयलाई मात्र उजुरी दिने स्थान नभई न्याय खोज्ने पीडितको भरोसाको केन्द्र बनाउने अभियान चालेको बताएका छन् । पीडितसँग प्रत्यक्ष भेटघाट, छलफल र समस्या बुझेर आवश्यक कानूनी प्रक्रिया तत्काल अघि बढाउने उनको शैलीप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उनको नेतृत्वमा बारा प्रहरी विभिन्न घटनामा छिटो कारबाही गर्ने, दोषीलाई कानूनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रक्रियामा अझ सक्रिय देखिएको पीडितहरु बताउँछन् ।
प्रहरी उपरिक्षक तामाङले “प्रहरी नागरिककै सेवक हो, पीडितलाई न्याय दिलाउनु हाम्रो पहिलो दायित्व हो” भन्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।
स्थानीय बासिन्दाले प्रहरी प्रमुखको यस्तो पहलले प्रहरीप्रति विश्वास बढेको र पीडितलाई सुरक्षा र न्यायको अनुभूति भएको जनाएका छन् ।

