Tuesday, May 26, 2026

कलैयामा हैजा संक्रमण पुष्टि

ताजा / भरखरै प्राप्त

भदौ ११, बारा । बाराको कलैयामा एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल कलैयामा उपचाररत एक जना पुरुषमा हैजा पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल अधिकृत अजय कुमार गुप्ताले जानकारी दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाको नगवामा पलम्बरको काम गर्दै आएका देवताल गाउँपालिका वडा नम्बर ३ घर भई हाल कलैया उपमहानगरपालिका १८ पतौरामा बसोबास गर्दै आएका पुरुषमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
मंगलबारदेखि पातलो दिशा लागेपछि उनी उपचारका लागि कलैया अस्पताल पुगेका थिए । परीक्षणका क्रममा आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनलाई हैजा संक्रमण भएको अस्पतालले जनाएको छ ।

हाल ती संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्यकर्मीहरूले हैजाबाट जोगिन खानपानमा ध्यान दिन, उमालेर मात्र पानी पिउन, सरसफाईमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

spot_img

लोकप्रिय

Related Articles