Tuesday, May 26, 2026

समाज कल्याण शाखाको जिम्मेवारी अनिल पाण्डेलाई

ताजा / भरखरै प्राप्त

भदौ २५, बारा । कलैया उपमहानगरपालिकाले वातावरण शाखामा प्रमुखको रुपमा कार्यरत रहेका अनिल कुमार पाण्डेको जिम्मेवारी हेरफेर गरेको छ । उपमहानगरपालिकाले पाण्डेलाई समाज कल्याण, उद्यम विकास तथा उपभोक्ता हित संरक्षण शाखाको प्रमुख तोकेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको हस्ताक्षरमा जारी पत्रमा पाण्डेलाई तोकिएको जिम्मेवारीलाई इमान्दारिता पूर्वक, छिटोछरितो, सहज, सरल र गुणात्मक ढंगले निर्वाह गर्न निर्देशन दिइएको छ ।

उक्त निर्णयसँगै पाण्डेले सोही शाखामा दैनिक प्रशासनिक काम, सेवा प्रवाह तथा जनहितका गतिविधि सन्चालन गर्ने जिम्मेवारी पाउने भएका छन् ।

spot_img

लोकप्रिय

Related Articles