Tuesday, May 26, 2026

आन्दोलनलाई सम्मान, अपराधीलाई कानुनी दायरामा ल्याउन राज्य कटिबद्ध — एसपी तामाङ

ताजा / भरखरै प्राप्त

भदौ ३१, बारा । बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले आन्दोलनलाई वैधानिक अधिकारका रूपमा सम्मान गर्नुपर्ने तर त्यसको आवरणमा भएका अपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न राज्यले खुट्टा कमाउन नहुने स्पष्ट पारेका छन् ।

उनका अनुसार आन्दोलन र अपराधबीचको भिन्नतालाई स्पष्ट रूपमा बुझ्न आवश्यक छ । “मसिनो गरी केलाएर आन्दोलन र अपराधलाई छुट्याएर हेर्नुपर्छ । आन्दोलन शान्तिपूर्ण ढंगले गर्ने अधिकारलाई प्रहरीले सम्मान गर्छ । तर तोडफोड, आगजनी र हिंसालाई भने कानुन बमोजिमै नियन्त्रणमा ल्याइन्छ,” एसपी तामाङले भने ।

उनले शान्ति–सुरक्षाको अवस्था सामान्य बनाउँदै आपराधिक गतिविधिविरुद्ध कानुनी कसिमा कारबाही गर्नु नै राज्यको जिम्मेवारी भएको उल्लेख गरे । “यसरी मात्रै नागरिकमा राज्य जिम्मेवार र जवाफदेही छ भन्ने अनुभूति र विश्वास पैदा हुने उनको भनाई रहेको छ ।”

एसपी तामाङले चेतावनी दिँदै थपे, “यदि राज्यले उचित कानुनी र न्यायिक कदम चाल्न चुक्यो भने देश अन्तहीन द्वन्द्वमा फस्ने खतरा हुन्छ । व्यक्तिले आफूमाथि भएको अपराध वा क्षतिको प्रतिशोध लिन स्वयं अघि बढ्नुपर्ने अवस्था आयो भने त्यो समाजका लागि भयावह हुनेछ ।”

प्रहरीले आन्दोलनका क्रममा भएका गतिविधिको तस्बिर, भिडियो लगायत प्रमाण संकलन गरिरहेको जनाउँदै उनले दोषीलाई प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने बताए ।

spot_img

लोकप्रिय

Related Articles