Tuesday, May 26, 2026

मेयर बालेन शाह र सुदन गुरुङ विरुद्ध युवा संघ रौतहटद्वारा प्रहरीमा उजुरी

ताजा / भरखरै प्राप्त

असोज २७, रौतहट । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा यूवा संद्द रौतहटले उजुरी दिएको छ ।
युवा संघका केन्द्रीय सदस्य बजरंगी गुप्ता र जिल्ला इन्चार्ज सन्तोषकुमार साहको नेतृत्वमा युवाहरूले सोमबार उक्त उजुरी दिएका हुन् । उजुरीमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मेयर शाह र गुरुङले भीडलाई उक्साएर रौतहट लगायत देशका विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोप लगाइएको छ । मुलुकी फौजदारी संहिता २०७४ को दफा २८५९२० बमोजिम अपराध गरेको दाबी गर्दै उनीहरूलाई कानुनी कारबाहीको माग गरिएको छ ।

यसअघि युवा संघका कार्यकर्ताहरूले गौरमा मोटरसाइकल र्‍याली निकालेर विरोध प्रदर्शन गरेका थिए । बजरंगी गुप्ताले मेयर शाह र गुरुङले “अदृश्य शक्तिको आडमा” देशभर हिंसा र अराजकता फैलाएको आरोप लगाउँदै तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा रौतहटमा दर्जनौं सरकारी कार्यालय र निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । जिल्ला प्रहरी कार्यालयले उजुरी प्राप्त भएको जनाउँदै आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ ।

spot_img

लोकप्रिय

Related Articles