Tuesday, May 26, 2026

बाराको पथलैयामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

असोज ०२, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको पथलैया नजिक डुङ्ग्रे पुलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल बिहान करिब २ बजे अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किदा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका दुबैजनालाई उपचारका लागि एल एस न्युरो अस्पताल परवानीपुर पठाउने क्रममा दुबैजनाको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख बेदप्रकाश जोशिले बताउनुभएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक जितपुर सिमरा उपमहानगरपालिका १५ नयाँबस्ती टोल बस्ने २० वर्षीय साजन तमाङ रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको नेतृत्वमा खटेको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles