चञ्चल कुमार झा
रौतहट । माघ २३ । श्रोत नखुलेको करिब ५ लाख रुपैयाँ सहित गाैरबाट एक जना पक्राउ परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार करिब साढे १० बजे गौर नगरपालिका वडा नं. ३ स्थित सडक खण्डमा नियमित चेकजाँचको क्रममा श्रोत नखुलेको रकमसहित राैतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गौर भन्सार तर्फबाट गाैरकाे मधेसी क्रान्ति चाैक तर्फ आउँदै गरेको बिआर ३० यु ७२४७ नम्बरको मोटरसाइकललाई रोकेर चेक जाँच गर्दा माेटरसाईकल चालक गाैर नगरपालिका वडा नं. १ बस्ने नथुनी प्रसाद कलबारकाे ४४ वर्षिय छाेरा राकेश प्रसाद कलवारलाई स्राेत नखुलेको रकम सहित पक्राउ गरिएको
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनु भएको छ ।
राकेशले माेटरसाईकलकाे लेगगार्डमा झुन्डिएको प्लास्टिकको झोला भित्र नेपाली नगद ४ लाख ९९ हजार रुपैयाँ फेला परेको थियो।
राकेश प्रसादले नगदको श्रोत सम्बन्धी आवश्यक कागजात प्रस्तुत गर्न नसकेपछि उनलाई र नगद रकमलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

