राकेश यादव
राैतहट, माघ २८ ।। जनता समाजवादी पार्टी नेपालका रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार योगेन्द्र राय यादवले मधेश आन्दोलनबाट प्राप्त उपलव्धि सस्थागत गर्न जसपा नेपालको चुनाव चिन्ह छातामा मतदान आवश्यक रहेको बताएका छन् । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर १ पथरामा बुधवार आयोजना गरिएको मतदाता संगको भेटघाट कार्यक्रममा सम्वोधन गर्दै मधेशी जनजाती दलित मुस्लिम महिला अपांग , अल्पसंख्यक समुदाय को हक अधिकारलाइ अझ प्रभावकारी बनाउन जसपा नेपालको आवश्यकता रहेको बताए । .
राज्यले मधेशी जनता संग गरेको विभेदको अन्त्य र संघियतालाइ सस्थागत गर्न चुनौती रहेको भन्दै पुर्व कृषि राज्य मन्त्रि यादवले मधेशी दलको सघिय सरकारमा सहभागिता जरुरि रहेको उल्लेख गरे । सदियौ देखि शोसन गर्दै आएका नेकपा एमाले नेपाली कांग्रेस संघियतालाइ समाप्त पर्ने सड्यन्त्र गरिरहेकोले मधेशी जनताको बलिदानीबाट आएका संघीय लोकतान्त्रिक गणतन्त्र सस्थागत गर्न छातालाइ जिताउनु पर्ने मतदाता संग आग्रह गरे । देशमा बढेको बेथिति भ्रस्टचारीको बिरुद्ध जेन जेड आन्दोलन भएको जिकिर गर्दै सुशासन पारदर्शिता कायम गर्नको लागि आफ्नो उम्मेदवारी दिएको बताउदै निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धामा रहेका उम्मेदवार मध्ये जेन जी उम्मेदवार एक्लै भएको दावी समेत गरे ।
मधेश आन्दोलनको कारण विभिन्न बर्ग समुदायको आरक्षण भएको उल्लेख गर्दै बाकि रहेका मुद्दालाइ कानुनी रुपमा दिन अपरिहार्य भएको बताए । कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य बाबुलाल साह , केन्द्रिय सदस्य किरण ठाकुर ,बरिष्ठ नेता श्रीमन नारायण मिश्र , अनिल कुमार सिंह ,जिल्ला अध्यक्ष भरत साह लगायतका नेताहरुले मधेशी दलका उम्मेदवारको रुपमा रहेका युवा नेता योगेन्द्र राय यादवलाइ सहयोग गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

