Tuesday, May 26, 2026

गुनासो सुनुवाई तथा समूह भेला कार्यक्रम

ताजा / भरखरै प्राप्त

रौतहट, चैत्र ११ ।। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गुनासो सुनुवाई तथा समूह भेला कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्ना सदस्यहरूको समस्या समाधान तथा सेवाप्रतिको विश्वास मजबुत बनाउने उद्देश्यले सदस्यहरुको सभागीतामा कार्यक्रम सम्पन्न गरेको हो ।
रौतहटको बृन्दवान नपा वार्ड नं.२ स्थीत श्री लक्ष्मीनाथ बासुदेव आवि धनगढीमा भएको कार्यक्रममा २६.२०३ नम्बर समुहका सदस्यहरुको बाक्लो उपस्थितिमा गुनासो सुनुवाई तथा समूह भेला संस्थाले सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी भएका सदस्यहरूले आफ्ना गुनासा, सुझाव तथा अनुभवहरू खुलस्त रूपमा राखेका थिए । सहभागीहरूले सेवा प्रवाहमा देखिएका चुनौती, ढिलासुस्ती तथा सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि संस्थाका अनुगमन स्टेशन कार्यालयका अनुगमन अधिकृत वसिर मियाले सदस्यहरूको सुझावलाई गम्भीरतापूर्वक लिँदै सेवामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले सदस्यहरूको विश्वास जित्न पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी सेवा प्रवाहमा जोड दिने बताएका छन् ।

उक्त कार्यक्रममा सदस्य र सम्बन्धित निकायबीच प्रत्यक्ष संवाद हुने वातावरण सिर्जना भएकाले समस्या पहिचान र समाधानका लागि महत्वपूर्ण उपलब्धि भएको संस्थाका चन्द्रपुर शाखाका प्रमुख विजेन्द्र चौधरीले जनाइएको छ ।
संस्थाका प्रतिनिधिहरूले सदस्यहरूको जिज्ञासाको जवाफ दिँदै सेवा अझ प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


संस्थाका अनुगमन अधिकृत वसिर मियाले यस्तो कार्यक्रमले सदस्य र संस्थाबीचको सम्बन्ध अझ सुदृढ बनाउने, विश्वास बढाउने तथा सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने बताएका छन् । साथै, आगामी दिनमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागी सदस्यहरूले प्रत्यक्ष रूपमा आफ्ना समस्या राख्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न अतिथि श्री लक्ष्मीनाथ बासुदेव आवि धनगढीका शिक्षक विजय पेटलले आग्रह गरेका थिए ।
स्थानीय स्तरमा वित्तीय पहुँच विस्तार गर्दै आएको संस्थाले ग्रामीण तथा विपन्न समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको चन्द्रविन्दु विकास नेपालका सिईओ सुनिल पासवानले बताएका थिए ।
कार्यक्रममा संस्थाका सिम्राभवानीपुर शाखा प्रमुख शुसिल कुमार यादव सेवाग्राही सहित करिव ६० सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम समुहका अध्यक्ष बचि देविको अध्यक्षता सम्पन्न भएको थियो भन्ने कार्यक्रमको संचालन संस्थाका चन्द्रपुर शाखा प्रमुख विजेन्द्र चौधरीले गरेका थिए ।

spot_img

लोकप्रिय

Related Articles