राकेश यादव, रौतहट, चैत्र १५ ।। रौतहट जिल्लाको बिभिन्न ठाउबाट चेकजाच गर्ने क्रममा पक्राउ परेका चोरीका २० मोटर साइकल सहित बरामद गरिएका इलेक्ट्रोनिक समान भन्सार चलान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गौर न.पा. वडा नं.५ स्थितमा विभिन्न सवारी साधनहरुलाई रोकी चेक जाँच गर्दा खाध्यान्न तथा ईलेक्ट्रोनिक्स सर-सामानहरु भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा अं. मूल्य रु. ६७,८९०।-(सतसड्डी हजार आठ सय नव्वे) बरावरको समान बरामद गरिएको प्रहरी नायब उपरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिएका छन्।
विभिन्न मिति र समयमा यस जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई अनुसन्धानमा रहेका कागज पत्र नभएका अबैध २० थान मोटरसाईकलको अं. मूल्य रु.११,१०,०००।- (एघार लाख दश हजार) समेत गरी कुल मूल्य रु.११,७७,८९०।- (एघार लाख सतहत्तर हजार आठ सय नब्वे) बरावरको अबैध सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको प्रहरीले जनाएको छ ।

