Tuesday, July 21, 2026

बार एसोशिएसनको निर्वाचनको लागि २० जनाको उम्मेदवारी दर्ता

ताजा / भरखरै प्राप्त

राकेश यादव , राैतहट , साउन ०५ ।। रौतहट जिल्ला अदालत बार एसोशिएशन इकाई गौरको हुने निर्वाचनको लागि मंगलबार मनोनयन पत्र दर्ता भएको छ ।
जिल्ला कार्य समितिको लागि साउन ९ गते संपन्न हुने ९ सदस्य कार्य समितिको लागि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । निर्वाचनको लागि २ जनाले अध्यक्ष पद मा उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत मुहमद मजरुल हक़ ले जानकारी दिएका छन । अध्यक्ष उपाध्यक्ष सचिव कोषाध्यक्ष ५ जना सदस्य र ३ पार्सदको लागि २० जना कानून व्यवसायीहरुको उम्मेदवारी परेको हो ।
बार एसोशिएसनको अध्यक्षको लागि अधिवक्ता लालबाबू राय यादव र अधिवक्ता हेमचन्द्र लाल कर्णको पाइनलले प्रतिस्पर्धामा रहेका छन । उपाध्यक्षमा राम दरेश प्रसाद , राम ईस्वर प्रसाद , सचिवमा आफताब आलम , हरिश्चंद्र पंडित , कोषाध्यक्षमा जीतेन्द्र कुमार सिंह , मोहमद अतिकुर रहमान , सदस्यमा हैदर अली , रतीश कांत झा , मो नसीम आलम , सुनील कुमार जायसवाल , सुरेश प्रसाद श्रीवास्तव , जय नारायण मुखिया , राम स्वार्थ बैठा हरी बहादुर कार्कीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
पार्षद को लागि नीकुन्त नारायण झा , राम एकवाल राय यादव , भाग्य नारायण झा सहित ४ जना ले उम्मेदवारी दिएको छ । ९ गते हुने निर्वाचनको लागि ६६ जना मतदाताले मत प्रयोग गर्ने जनाइएको छ । निर्वाचन लागे पछि कानून व्यवसायी हरुमा चहलपहल बढेको छ ।

spot_img

लोकप्रिय

Related Articles