Tuesday, May 26, 2026

गरिब र असहाय बिरामीहरुको नि:शुल्क उपचार गर्नेछौं – डा.साह

ताजा / भरखरै प्राप्त

जेठ ०१, बारा । बाराको सदरमुकाम कलैयामा आज बिहिबार उद्धघाट्न भएको माँ मायादेवी मेमोरियल अस्पतालका संचालक डा.सुरेन्द्र प्रसाद साहले आफ्नो अस्पतालमा गरिब र असहायहरुको नि:शुल्क उपचार गरिने बताउनु भएको छ ।

अस्पताल संचालक डा.साहले आज बिहिबार देखि पूर्ण रुपमा संचालनमा आएको १५ शैयाको माँ मायादेवी मेमोरियल अस्पतालले २ वटा बेड गरिब, असहाय, पुजारी र मोल्बीहरुको उपचारहरुको लागि छुट्याईएको बताउनु भएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले रिबन काटी उद्धघाट्न गर्नु भएको यो अस्पतालले बाराको स्वास्थ्य क्षेत्रमा उल्लेख्य योग्दान पुर्याउने विश्वास गरिएको छ ।

उद्धघाट्न कार्यक्रममा बोल्दै जनमत पार्टीका केन्द्रीय सदस्य बिकास सिंहले निजि अस्पतालले मच्चाएको लुटतन्त्रलाई निष्तेज पार्नको लागि माँ मायादेवी मेमोरियल अस्पतालले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भएको छ । उनका अनुसार अस्पतालका संचालक डा. सुरेन्द्र प्रसाद साहले न्युन्तम दरमा बिरामीलाई स्वास्थ्य सेवा दिनसके बिरामी आफै अस्पताल खोज्दै आउनेमा विश्वास व्यक्त गरे ।

उद्धघाट्न समारोहमा आफ्नो मनतव्य राख्दै नगर प्रमुख साहले अस्पतालको संचालनले कलैयाको बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । नगर प्रमुख साहले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउन खोलिएको यो अस्पतालले मापदण्ड भित्र रहि आफ्ना सेवा दिन र जनतालाई सस्तोमा गुणस्तरिय स्वास्थ्य सेवा दिन संचालकलाई सुझाव दिनु भएको छ ।

संचालनमा आएको अस्पतालले फिजिसियन तथा बाथ रोग विशेषज्ञ सेवा, २४ सै घन्टा आईसियु, एन आईसियु, प्रसुती सेवा, ईमर्जेन्सी सेवा, हाड तथा जोर्नी सेवा, नवजात शिशु तथा बाल रोग सेवा, भिडियो एक्सरे तथा सर्जरी सेवा उपलब्ध गराईने अस्पतालका संचालक डा.साहले बताउनु भएको छ ।

spot_img

लोकप्रिय

Related Articles