हुण्डी कारोबारी दिलिप जयसवालको समूह माथी भारतिय गुप्तचर निकायले निगरानी राख्न थालेपछि अहिले उक्त समूहका सदस्यहरु फरार भएका छन् ।
विगत लामो समय देखि रौतहटको विभिन्न नाकाबाट भारत बाट नेपाल तर्फ अवैध मानिएको हुण्डी कारोबार गर्दे आएका दिलिप जयसवालको समूह माथि भारतीय गुप्तचर निकायले निगरानी बढाएसंगै उनीहरु फरार भएका हुन् । बैरगनियाका दिलिप जयसवाल र कौशल जयसवाल कारोबार बन्द गररे फरार भएका हुन् ।
केही दिन देखी लगातार रुपमा विभिन्न मिडियामा उनीहरुको हुण्डी कारोबार बारे समाचार प्रकाशन र सुरक्षा निकायको बैठकमा समेत हुण्डी कारोबार बारे चर्चा भएपछि भारतीय गुप्तचर निकायले उक्त समूह माथि निगरानी बढाएको हो ।
भारतीय निकायले नै निगरानी बढाएपछि दिलिप जयसवाल र कौशल जयसवाल भागेर भारतको कर्नाटक राज्यको बैंगलोरमा रहेको कालकाजी होटेलमा लुकेर बसेका छन् ।

