Tuesday, May 26, 2026

कलैया उपमहानगरपालिकाका पूर्व शिक्षा महाशाखा प्रमुख बर्णवालको निधन, आधा दिन सार्वजनिक बिदा

ताजा / भरखरै प्राप्त

असार ०४,बारा । कलैया उपमहानगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाका तत्कालीन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको आज असामयिक भएको छ ।

नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहद्वारा जारी शोक वक्तव्यमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

बर्णवालको निधनको खबरसँगै नगरपालिकाको निर्णयअनुसार आज कलैया उपमहानगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरू तथा क्षेत्रका शैक्षिक संस्थाहरूमा आधा दिन सार्वजनिक बिदा दिइएको छ।नगरपालिकाले शोक सन्देशमार्फत दिवंगत बर्णवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिका परिवारले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गरेको छ।वर्णवाल बिगत लामो समय देखि कलैया उपमहानगरपालिकामा शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुखमा कार्यरत रहेको थियो ।वर्णवालले कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा समेत कार्यभार सम्हालेको थिए ।

spot_img

लोकप्रिय

Related Articles