Tuesday, May 26, 2026

बारामा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

ताजा / भरखरै प्राप्त

साउन ०३, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ जानकीटोल स्थित एक घरमा जुवा तास खेलिरहेको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार विशेष सूचनाको आधारमा शुक्रबार इलाका प्रहरी कार्यालय सिमराको टोलीले उक्त स्थानमा छापा मारी पक्राउ गरेको हो । प्रहरीले केशव सुनुवारको घरको तेस्रो तलाबाट उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका १ का ३० वर्षीय सुशान्त खाती सुनार,वडा नम्बर २ का ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय श्रीवास्तव, ४१ वर्षीय घरधनी केशव सुनुवार, ५२ वर्षीय थलबहादुर विश्वकर्मा, ५४ वर्षीय शिवकुमार साह, ५१ वर्षीय राजकुमार भट्टराई र ५९ वर्षीय बलरामकुमार क्षेत्री रहेका छन् ।

उनीहरूबाट क्रमशः ३३ हजार, २३ हजार २ सय, चार सय ५०, १९ हजार ७ सय ३५,छ हजार ९५, १० हजार २ सय ५०, २० हजार ६ सय,आठ हजार ५ सय ५० र ३२ हजार ८ सय रुपैयाँ नगद बरामद गरिएको एसपी तामाङले जानकारी दिए ।

पक्राउ परेकाहरू माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles