Wednesday, June 10, 2026

रौतहटमा चिनी तस्करी प्रकरण : एएनएफयूको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

ताजा / भरखरै प्राप्त

भदौ,  १८ रौतहट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (एएनएफयू) ले हालै रौतहटमा भएको चिनी तस्करी घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार, उत्पादनको उचित मूल्याङ्कन र पारदर्शी व्यापारतर्फ अघि बढ्ने क्रममा भइरहेका यस्ता तस्करीका घटनाले मुलुकलाई थप क्षति पुर्‍याइरहेको एएनएफयूले जनाएको छ ।

हालै गरुडा नगरपालिकाको शिवनगर स्थित एक गोदाममा करिब १४५ बोरा चिनी सहित अन्य तस्करी सामान बरामद भएको प्रकरण चर्चामा आएको छ । सञ्चारमाध्यमले सार्वजनिक गरेका सूचनाअनुसार सो गोदामसँग विभिन्न राजनीतिक समूहको संलग्नता रहेको आशंका गरिएको छ ।

एएनएफयूका अनुसार, सामाजिक सञ्जाल र सञ्चारमाध्यम मार्फत बाहिर आएका विवरणले तस्कर र सुरक्षाकर्मीबीच आर्थिक लेनदेन र मिलेमतो भइरहेको प्रश्न उठाएको छ । यस्तै घटनामा आवद्ध सशस्त्र प्रहरीका केही व्यक्तिहरूको भूमिका पनि शंकास्पद देखिएकाले यसबारे निष्पक्ष छानबिन आवश्यक रहेको एएनएफयूको भनाइ छ ।

संगठनले घटनामा संलग्नलाई जोगाउन पत्रकार र नेकपा (एमाले)का कार्यकर्तामाथि झुठा आरोप र मुद्दा लगाउने गतिविधि भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

तस्करी जस्तो गम्भीर अपराधलाई ओझेलमा पार्न र दोषीलाई उम्काउने प्रयत्न अस्वीकार्य छ । सम्बन्धित निकायले छिटोभन्दा छिटो निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई कानुनी कारबाही गर्नुपर्छ, एएनएफयूले विज्ञप्तिमार्फत जनाएको छ ।

रौतहट जिल्ला समितिले समेत यस घटनाप्रति घोर भर्त्सना व्यक्त गर्दै जनगणतन्त्र रक्षार्थ सशस्त्र सुरक्षाकर्मीलाई अझ सर्तक रहन आग्रह गरेको छ ।

spot_img

लोकप्रिय

Related Articles