Sunday, July 26, 2026

बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता हेमचन्द्रलाल कर्ण निर्वाचित

ताजा / भरखरै प्राप्त

रौतहट, श्रावण ९।। बार एसोसिएसन गौरको अध्यक्षमा अधिवक्ता हेमचन्द्रलाल कर्ण निर्वाचित हुनुभएको छ।
रौतहट जिल्ला अदालत बार एसोसिएसन गाैर राैतहटको ९ सदस्यीय जिल्ला कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हेमचन्द्रलाल कर्णले ३४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।
उहाँका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता लालबाबु रायले ३० मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत मुहम्मद मजरुल हकले जानकारी दिनुभयो। नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारहरूले गत मंगलबार उम्मेदवारी दर्ता गराएका थिए।
निर्वाचनमा कुल ६४ मत खसेकोमा निर्वाचन परिणामअनुसार उपाध्यक्ष पदमा रामदरेश प्रसाद ३४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी रामईश्वर प्रसादले ३० मत प्राप्त गर्नुभएको थियो।
यस्तै, सचिव पदमा अफताव आलम र हरिश्चन्द्र पण्डितले समान ३२/३२ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी कोषाध्यक्ष पदमा जितेन्द्र कुमार सिंह र मो. अतिकुर रहमानले पनि समान ३२/३२ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत हकले जानकारी दिनुभयो। यी दुवै पदको अन्तिम टुंगो सम्बन्धित निर्वाचन प्रक्रियाअनुसार गरिने जनाइएको छ।
सदस्य पदतर्फ रतिशकान्त झाले ४३ मत, जयनारायण मुखियाले ४१ मत, सुरेश प्रसाद श्रीवास्तवले ४० मत, सुनिल कुमार जयसवालले ४० मत तथा हरि बहादुर कार्कीले ३९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ।

spot_img

लोकप्रिय

Related Articles